सामलिङ पावरको नोक्सानी बढेर ७ करोड बढी, प्रतिशेयर आम्दानी पनि रु. १४.५५ ऋणात्मक

१ बर्ष अगाडि

काठमाडौं- सामलिङ पावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा  ७ करोड २ लाख नोक्सानीमा रहेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले १ करोड ७८ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको वित्तीय लागत बढेकाले नोक्सानीमा गएको हो । 

गत आवको तुलनामा चालू आवमा कम्पनीको विद्युत विक्री बापत हुने आम्दानी ३२ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा विद्युत विक्री बापत २१ करोड ४ लाख आम्दानी गरेकोमा चालू आवमा घटेर  १४ करोड १२  लाखमा झरेको हो । 

कम्पनीको चुक्ता पूँजी ५० करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा  ७ करोड १ लाख सञ्चित गरेको छ । 

कम्पनी नोक्सानीमा गएसँगै प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ । गत आवमा प्रतिशेयर आम्दानी  ४.७५ रुपैंया धनात्मक रहेकोमा चालू आवमा १४.५५ रुपैंया ऋणात्मक रहेको हो । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ ११४.०४ रुपैंया रहेको छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया