युनाइटेड इदी मर्दीको नाफामा उछाल, ईपीएस कति ?

१ बर्ष अगाडि

काठमाडौं - युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो नाफा गत वर्षको तुलनामा १९४.५६ प्रतिशतले बढी हो ।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ४८.११ प्रतिशतले बढेर १४ करोड ९० लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १० करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

चुक्तापुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ५ करोड ३५ लाख रुपैयाँको भएको छ । गत वर्ष यही अवधिमा रिजर्भ २ करोड ७३ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।

कम्पनीको ईपीएस १६.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.५७ रुपैयाँ र पीई रेसियो ५६.५६ रुपैयाँ रहेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया