मैलुङ खोला जलविद्युतले ९ महिनामा कति कमायो नाफा

१ बर्ष अगाडि

काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनीले १ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५३.१८ प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो ।

तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १४.४३ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिसम्म विद्युत बिक्रीबाट १० करोड ११ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिसम्म घटेर ८ करोड ६५ लाख रुपैयाँमात्रै भएको छ ।

कम्पनीको सञ्चालन मुनाफा पनि ६ करोड ७१ लाख रुपैयाँबाट घटेर ४ करोड १८ लाख रुपैयाँमा खुम्चिएको छ । चुक्ताुँजी ३६ करोड ८१ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर १ करोड ५५ लाख रुपैयाँको भएको छ । 

कम्पनीको वार्षिकीकृत ईपीएस ४.२६ रुपैयाँ, पीई रेसियो ११८.५७ गुणा, प्रतिसेयर नेटवर्थ १०४.२३ रुपैयाँ र तरलता अनुपात १.६९ प्रतिशत रहेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया