नेसनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?

१ बर्ष अगाडि

काठमाडौं-नेसनल माइक्रोफाइनान्सको हिजोबाट संस्थापक समूहको शेयर लिलामी बिक्री खुल्ला भएको छ । लघुवित्तले आजबाट ७९ हजार ८७३ कित्ता संस्थापक समूहको शेयर लिलामीमा बिक्री खुला गरेको हो ।

कम्पनीले यसको भाउ प्रतिकित्ता १ हजार रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा असार १ गतेभित्र बिक्री प्रबन्धक एनआईबीएल एस लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया