सिईडिबि हाइड्रोपावरको नाफा ७ करोड माथि, प्रतिशेयर आम्दानी रु.१७.०१

१ बर्ष अगाडि

काठमाडौं,सिईडिबि हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले चालू आवको  तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा  ७ करोड १५ लाख नाफा कमाएकोमा चालू आवमा बढेर १० करोड ७० लाख पुगेको हो । 

चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । चालू आवमा कम्पनीको ब्याज आम्दानी ४ करोड ७३ लाख रहेको छ भने सेवा शुल्क  १० करोड ७१ लाख रहेको छ । 

कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख रहेको छ भने जगेडामा ३७ करोड ३७ लाख सञ्चित गरेको हो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु.१७.०१, मूल्य आम्दानी अनुपात ४५.३८ गुणा,तरलता अनुपात ९.४२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रु. १४४.५३ रहेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया