बलेन र स्थापितबीचको मत अन्तर झन्डै १७ सय, ३५३२ मत प्राप्त गर्दै शाहको अग्रता कायमै

आइतबार, ०१ जेठ २०७९, १७ : ३३

काठमाडौं- महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ ।  

दिउँसो ५ः३० बजेसम्मको मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले ३५३२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्थापितले भने १८५६ मत मात्र प्राप्त गरेका छन्।

यो हिसाबले बालेनले स्थापितको भन्दा १६७६ मत बढी प्राप्त गरेका छन्।

मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ १६६८ मतका तेस्रो स्थानमा छिन्।

आइतबार, ०१ जेठ २०७९, १७ : ३३

प्रतिक्रिया