सिइडिबि हाइड्रोपावरको नाफा १० करोड ७० लाख पुग्यो

१ बर्ष अगाडि

काठमाडौं - सिइडिबि हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ४९ प्रतिशतले नाफा वृद्धि भएको छ ।

कम्पनीले गत पुस मसान्तसम्ममा ७ करोड १५ लाख नाफा कमाएकोमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म बढेर १० करोड ७० लाख पुगेको हो । कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको ब्याज आम्दानी ४ करोड ७६ लाख रहेको छ । त्यस्तै सेवा शुल्क १० करोड ७१ लाख रहेको छ । कम्पनीको चुक्तापूँजी ८३ करोड ९४ लाख रहेको छ भने जगेडामा ३७ करोड ३७ लाख सञ्चित गरेको हो ।

चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ शून्य १ पैसा, मूल्य आम्दानी अनुपात ४५।३८ गुणा, तरलता अनुपात ९।४२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ५३ पैसा रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया