काठमाडौं, साताको पहिलो कारोबारको दिन (मंगलबार) शेयर बजारमा पहिरो गएको छ । कारोबारको सुरुवातबाटै ओरालो लागेको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज अन्तिम समयसम्म आउँदा ८४.९० अंकले घटेर २२६५.५२ को बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैंया बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको शेयर घटेको छ ।
त्यसैगरी, मंगलबार कारोबार रकममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले अग्रता कायम गरेको छ । संस्थाको ९ करोड ७९ लाख ९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज जम्मा ८ वटा कम्पनीको मूल्य बढेको छ । जसमध्ये ५ वटा म्यूचूअल फण्ड, एउटा डिबेञ्चर र २ वटा अन्य कम्पनीहरू छन् । सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ४.९६ प्रतिशतले बढेर एक हजार ३ सय ९६ रूपैयाँ पुगेको छ ।
यस दिन ३ कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सुर्योदय वोमी लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।