१७ जना प्रहरी वरिष्ठ उपरीक्षक डीआईजीमा बढुवाका लागि सिफारिस

१ बर्ष अगाडि

काठमाडौं - नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको सचिवालयले सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले बढुवाको सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर रहेका छन् । त्यस्तै दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह छन् ।

त्यस्तै, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डीआईजीको बढुवामा सिफारिस भएका छन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया