अप्पर सोलु हाइड्रोको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

१ बर्ष अगाडि

काठमाडौं - अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । अप्पर सोलु हाइड्रोको सञ्चालक समितिको निर्णय अनुसार क्यापिटललाई साउन १३ गतेदेखि शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

अब उक्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका कार्य एनएमबी क्यापिटल मार्फत हुने कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया