काठमाडौं - दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
समीक्षा अवधिमा विद्युत बिक्रीबाट कम्पनीले ८ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड १ लाख रुपैयाँ थियो । विद्युती बिक्रीको आम्दानी २८.२३ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष अन्य स्रोतबाट हुने आम्दानी १ करोड ४ लाख रुपैयाँ भएकोमा समीक्षा अवधिमा घटेर ७ लाख ५ हजार रुपैयाँमा सीमित बनेको छ । चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ २२ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष रिजर्भ २० करोड ५३ लाख रुपैयाँले ऋणात्मक थियो ।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) पनि ६.५८ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १५.६१ रुपैयाँ रहेको थियो ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।