बेलायत ब्याजदर वृद्धि २७ वर्षयताकै उच्च, अक्टोबरमा मुद्रास्फीति १३.३% पुग्ने

१ बर्ष अगाडि

काठमाडौं- बैंक अफ इङ्गल्यान्डले ब्याजदरमा सन् १९९५ यताकै सबैभन्दा ठूलो वृद्धि गरेको छ । बिहीबार बेलायतको केन्द्रीय बैंकले ब्याजदर ५० आधार विन्दुले बढाएको छ । उक्त वृद्धिदर २७ वर्षयताकै उच्च हो । यसले ऋण लागत १.७५ प्रतिशत पुग्ने भएको छ ।

बढ्दो मुद्रास्फीति दरलाई नियन्त्रणमा राख्न ब्याजदर बढाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 
 
जुन महिनामा बेलायतको मूल्यवृद्धि दर ४० वर्षयताकै उच्च ९.४ प्रतिशत पुगेको थियो । आगामी वर्षसम्ममा बेलायतको मुद्रास्फीति दर १५ प्रतिशत सम्म पुग्ने जानकारहरुले अनुमान गरेका छन् । बैंक अफ इङ्गल्यान्डको आफ्नै प्रक्षेपणले पनि अक्टोबर महिनामा मुद्रास्फीति दर १३.३ प्रतिशत पुग्ने देखाएको छ । सन् २०२३ भर बेलायतको मुद्रास्फीति दर उच्च विन्दुमा रहने अनुमान छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया