काठमाडौं- साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३८.६१ अंक घटेर २१४८.१६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४.८५ अंकले घटेर २११३.३० को विन्दुमा कायम हुन पुगेको छ ।
शुक्रबारको शेयरबजारमा २ अर्ब ६२ करोड माथिको कारोबार भएको छ । यसअघिका शुक्रबार कारोबारमा पनि कारोबार रकम पनि खासै माथि उक्लिएको थिएन ।
शुक्रबार कारोबारमा आएका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.४० प्रतिशतले घटेको छ।
यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.९१ प्रतिशतले बढेको छ भने उपकार लघुवित्तको ३.१४ प्रतिशत, कालिका लघुवित्तको ३.१० प्रतिशत र बलेफि हाइड्रोपावरको २.५९ प्रतिशतले बढेको छ।
यता मैलुङ्ग खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.१८ प्रतिशतले घटेको छ भने गुह्वेश्वरी फाइनान्सको ६.४२ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ६.३७ प्रतिशत र सामलिङ्ग पावरको ५.६९ प्रतिशतले घटेको छ।
शुक्रबार शिवम् सिमेन्टको शेयरमूल्य सबैभन्दा धेरै १५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको १४ करोड १४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ६४ लाख र अपि पावरको ५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।