अभियान लघुवित्तको आईपीओमा १७ गुणा बढी आवेदन, कहिलेसम्म दिन सकिन्छ ?

१ बर्ष अगाडि

काठमाडौं - अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा करिब १७ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार दिउँसो १ः४६ बजेसम्ममा १४ लाख ३० हजार ४०६ जना आवेदकबाट १ अर्ब ६३ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ६६ हजार ६२० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको १६.७९ गुणा बढी हुन आउँछ । लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । 

साथै सर्वसाधारणको लागि बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर निश्काशन गरिएको छ । माग भन्दा बढी आवेदन परिसकेकोले लघुवित्तको आइपीओमा साउन २२ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया