नाफा भन्दा ठूलो कुरो सम्मान होः मन्त्री यादव

६ बर्ष अगाडि

काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजार अनुगमनलाई व्यवस्थित पार्ने बताएका छन् । 
 नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा निजी क्षेत्रका समस्या अवगत गराउन शुक्रबार मन्त्रालय पुगेको टोलीसँंग मन्त्री यादवले त्यसका लागि व्यवसायीहरुसँंग सहयोगको आशा राखे । 

व्यवस्थित बजार अनुगमनका लागि कार्यविधि बनाएर अगाडि वढ्ने उनको भनाई छ । 
 यसका लागि काम अगाडि वढिरहेको उनले जानकारी दिए ।  २०३२।०३३ सालमै बनेको कालोबजारी ऐनलाई शंशोधन गर्न सरोकारवाला सवै पक्षसँंग बसेर प्रक्रिया अगाडि वढाउने आश्वासन उनले दिए । 
उनले  नाफा भन्दा ठूलो कुरो सम्मान भएको चर्चा गर्दै सम्मानजनक व्यवसायका लागि सवैसँंग विशेष आग्रह गरे । 
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पुरानो कालोबजारी ऐनको शंशोधनतिर ध्यानाकर्षण गराएका थिए ।  
भेटघाटको टोलीमा चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठलगायतका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए । 

 

६ बर्ष अगाडि

प्रतिक्रिया