अपर तामाकोशी हाइड्रोले आज शत प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्ने, अन्य एजेन्डा के ?

१ बर्ष अगाडि

काठमाडौं - अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ । 

सभाले शत प्रतिशत हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ । जसमा १०० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

सभाले सञ्चालन समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । लेखापरीक्षको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलागत तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

लेखापरीक्षण ऐन २०७५ को दफा ११ बमोजिम महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन २०६३ को दफा १६५ ‘घ’ को प्रावधान अनुरूप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया