७५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्न आज साधारण सभा बस्दै हिमाल दोलखा हाइड्रो

१ बर्ष अगाडि

काठमाडौं - आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १३ औं र १४ औं वार्षिक साधारण सभा एकैसाथ हुने भएको छ । सभाले १:०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । 

साथै आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने एजेन्डा रहेको छ । त्यस्तै, आ.व. २०७८/७९ को लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पेश हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन २५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा उपस्थित हुन पाउनेछन् । सभा बिहान ११ बजेबाट लिसारा हल, नक्साल काठमान्डौमा सम्पन्न हुनेछ । 

१ बर्ष अगाडि

प्रतिक्रिया