विद्युत बिक्रीबाट १८ करोड ६६ लाख आम्दानी गरेको युनाइटेड इदी को नाफा कति ?

१ बर्ष अगाडि

काठमाडौं - युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले गत आर्थिक वर्ष ५ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

उक्त नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ११.९८ प्रतिशतले बढि हो । कम्पनीले अघिल्लो वर्ष ४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १८ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ३८.७६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

चुक्तापुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ५ करोड २३ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा ८ लाख ४८ हजार रुपैयाँमात्रै थियो । 

कम्पनीको वार्षिकीकरण ईपीएस १२.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.४७ रुपैयाँ र पीई रेसियो ५९.४० गुणा रहेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया