तमोर जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीको खरिदबिक्री दर निर्धारण गर्न सार्वजनिक सुनुवाइ हुने

आइतबार, १२ भदौ २०७९, ०९ : ५८

काठमाडौं - माथिल्लो तमोर जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीको खरिदबिक्री दर निर्धारण गर्न सार्वजनिक सुनुवाइ गरिने भएको छ । 

विद्युत नियमन आयोगले आउँदो भदौ ३० गते सार्वजनिक सुनुवाइ गर्न लागे हो । कार्यक्रम काठमाडौंको गौचरणस्थित विद्युत विकास विभागको सभाहल दिउँसो २ बजेबाट ५ बजेसम्म हुनेछ । प्रत्येक वक्ताले बढीमा ५ मिनेटभित्र आफ्नो रायसुझाव प्रस्तुत गर्न पाउनेछन् ।

नेपाल विद्युत प्राधिकरणले तमोर सानिमा इनर्जी प्रालिद्वारा प्रवर्द्धित माथिल्ला तमोर जलविद्युत आयोजना ९२५५.२८१० मेगावाटबाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारत तथा विद्युत खरिद सम्झौतामा सहमतिका लागि पेस भएको निवेदनमा छलफल गर्न आयोगले सार्वजनिक सुनुवाइ डोकेको हो । 

सार्वजनिक सुनुवाइमा उपभोक्ता उद्योगी, व्यवसायी, स्थानीय, प्रतिनिधिमूलक संस्थाहरु, सम्बन्धित स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाहरु सहभागी हुन आयोगले आह्वान गरेको छ । सरोकारवालाले आयोगको ई–मेल पठाएर पनि आफ्नो रायसुझाव पेस गर्न सक्नेछन् । 

यो आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ गाउँपालिको बीचमा रहेको छ । प्राधिकरणले यो आयोजनाबाट उत्पादित विद्युत खरिदका लागि बर्खायाममा प्रतियुनिट ४।८ रुपैयाँ, सुक्खायाममा पिकिङ अवधिका लागि प्रतियुनिट १०.५५ रुपैयाँ र ननपिकिङ अवधिका लागि प्रतियुनिट ८।४ रुपैयाँ निर्धारणा गरेको छ । 

यो आयोजनाबाट कुल उत्पादित विद्युतीय ऊर्जा १४७९.८८ गिगावाट घन्टा रहेको छ । बर्खायाममा उत्पादन हुने विद्युतीय ऊर्जा १०३३६६१७०७ किलोवाट घन्टा र सुक्खायाममा ४४४६२१६२३२ किलोवाट घन्टा रहेको छ। 

आयोजनाको अनुमानित लागत ४५ अर्ब ९५ करोड ५० लाख रुपैयाँ रहेको छ। 

आइतबार, १२ भदौ २०७९, ०९ : ५८

प्रतिक्रिया