ताप्लेजुङ जिल्लाको विद्युत महशुल अनलाइन प्रणाली मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन भट्टराईको आग्रह

१ बर्ष अगाडि

काठमाडौं - ताप्लेजुङ जिल्लाको विद्युत महशुल अनलाइन प्रणाली मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले आग्रह गरेका छन् । 

ताप्लेजुङ जिल्ला भौगोलिक हिसाबले उच्च हिमाली र पहाडी भूभाग रहेको क्षेत्र भएको साथै अहिलेसम्म पनि जिल्लाका विद्युत प्रयोगकर्ताहरू विद्युत महशुल भुक्तानी गर्न सदरमुकाम आउनु पर्ने बाध्यात्मक स्थिति रहेको भन्दै उनले नेपाल विद्युत प्राधिकरण यस्तो सँग आग्रह गरेका हुन् । 

भौगोलिक विकटता र यातायातको सहज पहुँच नभएको कारणले विद्युत महशुल बुझाउन खर्चिलो भएसँगै उक्त महशुल चाडै अनलाइन प्रणाली (मोबाइल बैंकिङ, ईसेवा, खल्ति) लगायतका सेवा मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया