विद्युतीय सवारीमा ३ सय खर्च हुँदा डिजेल र पट्रोलको सवारीमा ४ हजार खर्च हुन्छ : उर्जा मन्त्री

१ बर्ष अगाडि

काठमाडौं - उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताइन् । मंगलवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उदघाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताइन् । उनले मुलुक भित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताइन् । मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताइन् । उनले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेपनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बताइन् ।

उनले भननि,‘नेपालको ऊर्जाको क्षेत्रमा ठूलो क्रान्ति हो । मुलुक भित्रकै जलस्रोतबाट बनेको विद्युत उत्पादन गरेर हामी आफैँले प्रयोग गर्ने कुरा महत्वपूर्ण हो । अर्को नेपालमा विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने गरेको छ । उत्पादित विद्युत खपत बढाउने एउटा मात्रै माध्यम विद्युतीय यातायात हो । पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेको छ । यातायात क्षेत्रमा भने जस्तो विद्युतीय भएको छैन । विद्युतीय सवारीको माग पनि बढेको छ । पछिल्लो समय रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या भनेको ऊर्जा हो । विश्वका धेरै देशहरुलाई डिजेल र पट्रोलको प्रतिस्थापनको विकल्प छैन । नेपालीले गौरव गर्नुपर्छ नेपालमा डिजेल र पट्रोलको विकल्प रहेको छ । नेपालको विद्युत धेरै सस्तो रहेको छ । काठमाडौंबाट सिन्धुली जाँदा विद्युतीय सवारीमा ३ सयको विद्युत खपत हुन्छ । तर डिजेल र पट्रोल प्रयोग हुने सवारीमा ४ हजार खर्च हुन्छ । यो भन्दा विद्युत १० गुणा सस्तो रहेको छ । विदेशमा जाने पैसा नेपालमा नै बस्छ । कृषि र ऊर्जा आयात गर्नाले ठूलो आर्थिक असन्तुलन रहेको छ । मुलुकको व्यापार घाटा कम गर्ने एउटा माध्यम जलविद्युत नै हो ।’
 

१ बर्ष अगाडि

प्रतिक्रिया