अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट

१ बर्ष अगाडि

एजेन्सी- अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्यमा लगातार गिरावट आउन थालेको छ। 

रुस–युक्रेन युद्धका कारण केही महिनाअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ डलर पुगेको थियो। यो २००८ पछिको उच्चतम स्तर हो। जसका कारण इन्धनको मूल्य विश्वभर कीर्तिमानी स्तरमा पुगेको थियो।

पछिल्ला दिनमा कच्चा तेलको मूल्य घटिरहेको छ। आज बिहीबारको प्रारम्भिक कारोबारमा करिब ३ प्रतिशतले घटेर ब्रेन्ट क्रुड प्रतिब्यारेल ९६.५० डलरमा कारोबार भइरहेको थियो। 

आजको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रुड २.८४ प्रतिशत अर्थात् २.८२ डलरले घटेर ९६.४९ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको छ। त्यस्तै यूएस वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई०पनि ०(३९ डलरले घटेर ८९.१६ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको छ। 

पछिल्ला दिनमा कच्चा तेलको मूल्यमा निकै उतारचढाव देखिएको छ। अहिले महँगीका कारण तेलको माग प्रभावित भएकोले पनि मूल्यमा गिरावट आएको बताइएको छ। 

१ बर्ष अगाडि

प्रतिक्रिया