काठमाडौं–सिंगापुरमा सत्तारुढ दल पिपुल्स एक्सन पार्टी पीएपीले दुई तिहाई मत पाएको छ । शनिबार भएको चुनावमा प्रधानमन्त्री लरेन्स वोङ्गको पार्टीले कुल ९७ मध्ये ६५ सिटमा जित हासिल गरेको छ । पीएपी सिंगापुरको सबैभन्दा ठूलो र पुरानो पार्टी हो । मुलुक स्वतन्त्र भएयता यो पार्टी लगातार सत्तामा छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिका कारण विश्वभर तरंग आइरहँदा सिंगापुरमा सत्तारुढ दलले हासिल गरेको जितलाई महत्त्वका साथ हेरिएको छ । यससँगै पीएपीले आगामी ५ वर्षका लागि मुलुक चलाउने स्पष्ट जनादेश पाएको छ ।
प्रतिक्रिया