८.५० प्रतिशत लाभांश पारित गर्न कुथेली बखरी स्मल हाइड्रोले बोलायो साधारण सभा, कहिले ?

१ बर्ष अगाडि

काठमाडौं - कुथेली बखरी स्मल हाइड्रोपावरको ११औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज ८ गते साधारण सभा बोलाएको हो ।

 कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो । सभा जर्मन हाउस एण्ड हस्पिटालिटी गठ्ठाघर, साझा पेट्रोल पम्प नजिकै दिउँसो २ बजे हुने कम्पनीले जनाएको छ । 

सभामा कम्पनीले सञ्चालक समितिको प्रस्ताव बमोजिम ८.५० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफल गर्नेछ र संचालकहरुको बैठक भत्ता तोक्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया