जलविद्युत आयोजनाका संस्थापकहरुको लकिङ पिरियडमा गरिएको कडाइ कार्यान्वयन नगर्न मन्त्री भुसालको निर्देशन

१ बर्ष अगाडि

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलविद्युत आयोजनाका संस्थापकहरुको लकिङ पिरियडमा गरिएको कडाइ कार्यान्वयन नगर्न निर्देशन दिएकी छन् । 

मन्त्री भुसालले पत्राचार गर्दै नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागलाई यस्तो निर्देशन दिएकी हुन् । ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा बनेको समितिले २० प्रतिशत सेयर संस्थापकहरुले सरकारलाई नदिएसम्म बिक्री गर्न नपाउने सिफारिस गरेको थियो । 

तर, व्यवसायीहरुले भने जलविद्युत परियोजनाका संस्थापकहरुको लकिङ पिरियडमा गरिएको कडाइ कार्यान्वयन नगर्न माग गर्दै आएका थिए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इपान० उपाध्यक्ष गणेश कार्कीका अनुुसार व्यवसायीबाट प्रतिवेदनको ‘ङ’मा रहेको सेयर लकिङ पिरियडसम्बन्धी व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न ऊर्जामन्त्रीलाई पत्राचार गरेका थिए । 

सोहीअनुुसार ऊर्जामन्त्री भुुसालले विद्युत प्राधिकरण र विद्युत विकास विभागलाई पत्राचार गरेकी हुन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया