सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा सहित साधारण सभा र बुकक्लोजको मिति पनि तय, कहिले ?

मंगलबार, २१ भदौ २०७९, १० : ४१

काठमाडौं, सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ। 

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफामध्येबाट कम्पनीको वित्तीय विवरणमा उल्लेख गरिएबमोजिम चुक्तापुँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

यसका साथै कम्पनीले आफ्नो ११ औँ वार्षिक साधारणभा आउँदो कात्तिक २ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ११ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

मंगलबार, २१ भदौ २०७९, १० : ४१

प्रतिक्रिया