माथिल्लो त्रिशूली–३ बी जलविद्युतको आईपीओमा कति पर्‍यो आवेदन ?

१ बर्ष अगाडि

काठमाडौं - रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको आईपीओ सेयरमा विद्यमान लगानीकर्ताहरूले ५ करोड २७ लाख ७४ हजार ४६१ रुपैयाँ लगानी थप गरेका छन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज ६ गते बिहीबार साँझ ५ बजेसम्म २६ हजार २५ जना सेयरधनीले ६ लाख ६ हजार ६०३ कित्ता सेयरका लागि ८७ रुपैयाँका दरले सो रकम थप गरेका हुन् ।

कम्पनीले यसअघि नै लगानीकर्ताबाट १० रुपैयाँका दरले रकम संकलन गरेको थियो भने ३ रुपैयाँ सो रकमको ब्याज प्राप्त भएकाले हाल लगानीकर्ताबाट ८७ रुपैयाँ रकम संकलन गरेको हो । 

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका अनुसार यसअघि १० रुपैयाँ रकम बुझाएका सर्वसाधारण सेयरधनीले सेयर बापतको बाँकी ९८७ रुपैयाँ० रकम आगामी १७ कात्तिक गतेसम्म थप रकम बुझाउन सक्नेछन् ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता ९ कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत ० सेयर निष्कासन गरी प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । 

कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ८७ रुपैयाँ बुझाउनुपर्ने छ ।

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ८७ प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ८७ रुपैयाँको दरले ३२ करोड २३ लाख ३५ हजार रुपैयाँ संकलन हुनेछ । 

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि‚ २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनु पर्ने प्रावधान बमोजिम सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने भएको हो ।

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको 'मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउन सक्नेछन् । सेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नुपर्ने छैन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया