मापदण्डविपरीतका अंगरक्षक खोसिँदै

बुधबार, ०१ फागुन २०७५, ०७ : ५८

 काठमाडौं - नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ।

 विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरूको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरुलाई फिर्ता बोलाइएको हो। 

यस्ता दुई सय ८० जना प्रहरीलाई नियमित ड्युटीमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नागरिक दैनिकमा खबर छापिएकाे छ । 

बुधबार, ०१ फागुन २०७५, ०७ : ५८

प्रतिक्रिया