रुरु जलविद्युतको लाभांश घोषणा, बुक क्लोज कहिले ?

१ बर्ष अगाडि

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारण सभा बोलाएको हो । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन् । 

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक ४ गते १७ औँ वार्षिक साधारणसभा डोकेको छ । सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अपराह्न १ बजेबाट सुरु हुनेछ । 

सभाले लाभांश पारित गर्नुका साथै बोनस सेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्तापुँजीलाई आवश्यकताअनुसार वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । 

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो असोज २७ गते बु्क क्लोज गर्ने निर्णय गरेको छ ।

 यसर्थ आउँदो असोज २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया