भोलिसम्म कायम शेयरधनीले मात्र सानिमामाई हाइड्रो लाभांश पाउने

१ बर्ष अगाडि

काठमाडौं - सानिमामाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गर्ने भएसँगै असोज ११ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक २ गते साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभा धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया