कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले १४ वर्षीय बालकको हत्या गरेको अभियोगमा मंगलबार पर्वत मल्लाज बस्ने २१ वर्षीय बेनी काले भनिने कुमार गर्बुजालाई पक्राउ गरेको छ ।
पाल्पा रम्वापानी गाउँपालिका घर भई पोखरा महानगरपालिका-६ लेकसाईड शान्तिनगर डेरा गरी बस्ने जितबहादुर सिंजालीको १४ वर्षीय छोरा सचिन सिंजालीलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले गर्बुजालाई पक्राउ गरेको हो ।
केटीको बिषयमा बादविवाद हुँदा कुमारले चक्कु प्रहार गरी सचिनलाई घाटि, पेट र ढाडमा प्रहार गरी हत्या गरेका थिए । फरार रहेका कुमारलाई प्रहरीले पोखरा महानगरपालिका-६ लेकसाईडबाट फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया