१ करोड ५ लाख लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्न अरुण काबेली पावरले बोलायो सभारण सभा, कहिले ?

१ बर्ष अगाडि

काठमाडौं - अरुण काबेली पावर लिमिटेडले कात्तिक ३० गते बुधबार बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समितीको बैठकले बिहान ११ बजे अल्फा बीटा कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा सभा गर्ने जानकारी दिएको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव रहेको छ ।

हाल चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको कम्पनीले १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर सहित ०.५२६३ प्रतिशतका दरले हुने १ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कात्तिक १८ गते शुक्रबार सेयर दाखिल खारेजी ९बुकक्लोज० गर्ने जानकारी दिएको छ । बुकक्लोज अनुसार कात्तिक १७ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया