अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति प्रतिशत ?

१ बर्ष अगाडि

काठमाडौं - अरुण काबेली पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले भोलि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । कम्पनीले कार्तिक ३० गते बुधबार १२औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतका दरले हुने १ करोड ५ लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने, १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया