पाँचथर पावरको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?

१ बर्ष अगाडि

काठमाडौं - पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा १६.५६ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा कम्पनीले १० करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ३.२९ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट १६ करोड २७ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर १५ करोड ७३ लाख रुपैयाँमा झरेको छ । 

कम्पनीको अन्य स्रोतको आम्दानी घटेर ५ लाख ८१ हजार रुपैयाँमात्र भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी १२ लाख ६ हजार रुपैयाँमा सीमित थियो । 

चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार झन्डै २५० प्रतिशतले बढेर २० करोड २९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ५ करोड ८० लाख रुपैयाँ रहेको छ । 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ईपीएस० पनि घटेर ८.९४ रुपैयाँमा झरेको छ । गत वर्ष यही अवधिमा ईपीएस १०.७२ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १२१.०९ रुपैयाँ रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया