घलेम्दी हाइड्रोलाई तीन महिनामा ३ करोड २७ लाख घाटा, ईपीएस कति ?

१ बर्ष अगाडि

काठमाडौं - घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा ३ करोड २७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ८।४७ प्रतिशतले घटेको छ । 

गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट १ करोड ८० लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर १ करोड ६५ लाख रुपैयाँमा झरेको छ । 

चुक्तापुँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ७ करोड ६६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत वर्ष पनि यही अवधिमा रिजर्भ ६ करोड ७४ लाख रुपैयाँले ऋणात्मक थियो । 

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि ५.९५ रुपैयाँले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.०६ रुपैयाँ रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया