दिव्यश्वरी हाइड्रोको नाफा ७४.८७ प्रतिशत घटेर ७ लाख ३८ हजारमा सीमित, प्रतिशेयर आम्दानी

१ बर्ष अगाडि

काठमाडौं - दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको नाफा ७४.८७ प्रतिशत घटेर ७ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

विद्युत बिक्री आम्दानी बढेपनि वित्तीय खर्च बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८.०९ प्रतिशत बढेको छ । 

त्यसैगरी, कम्पनीको कुल आम्दानी ८.०७ प्रतिशत बढेको छ भने कुल नाफा १७।२० प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४६.६४ प्रतिशत बढेको छ जसका कारण नाफा घट्न पुगेको हो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८३ पैसा घटेर २८ पैसामा सीमित भएको छ । 

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५७४.३ गुणा रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया