नेशनल हाइड्रोको विद्युत बिक्रीबाट उल्लेख्य आम्दानी, प्रतिशेयर आम्दानी कति ?

१ बर्ष अगाडि

काठमाडौं - नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ३६ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६८.६८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।

विद्युत बिक्री आम्दानी उल्लेख्य बढेपनि कम्पनीको खुद नाफा भने ९८.८४ प्रतिशत घटेर ६८ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । वित्तीय खर्च उल्लेख्य बढेका कारण नाफामा दबाब पुगेको हो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४० रुपैयाँ ७३ पैसा घटेर १ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९७.९१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको छ ।

सुनकोशी हाइड्रोपावरलाई प्राप्त गरेको यस कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा १८.७० प्रतिशत बढेको छ भने जगेडा कोष ८९.७३ प्रतिशत घटेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया