रुरु जलविद्युत परियोजना वित्तीय विवरण सार्वजनिक, विद्युत बिक्री आम्दानी घट्यो

१ बर्ष अगाडि

काठमाडौं - रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १.९४ प्रतिशतले बढेको छ । गत वर्ष ३ करोड ३३ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर ३ करोड ३९ लाख रुपैयाँ भएको छ ।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी भने थोरै घटेर ५ करोड ४८ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

चुक्तापुँजी ४४ करोड ८४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ११६.७५ प्रतिशतले बढेर १७ करोड २० लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष रिजर्भमा ७ करोड ९३ लाख रुपैयाँ थियो । 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२.७३ रुपैयाँ, पीई रेसियो ३४।१० गुणा र प्रतिसेयर नेटवर्थ १३८.३५ रुपैयाँ रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया