काठमाडौं - खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको खुद नाफा तीन महिनामा २६०.५० प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार गत वर्ष ७० लाख १९ हजार रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर २ करोड ५३ लाख रुपैयाँ भएको छ । यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी बढेर ६ करोड ६७ लाख रुपैयाँ भएको छ ।
अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो हिसाबले विद्युत बिक्रीको आम्दानी ४५.८८ प्रतिशतले बढेको छ ।
चुक्तापुँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ २ करोड ६० लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत वर्ष रिटेन अर्निङ ४ करोड ३० लाख रुपैयाँले ऋणात्मक थियो ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ५.४३ रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा ईपीएस १.५१ रुपैयाँ थियो ।
पीई रेसियो ३२.२३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९४.४१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया