अपर हेवाखोलाको नाफा साढे ३ करोड बढी, कति छ प्रतिशेयर आम्दानी ?

१ बर्ष अगाडि

काठमाडौं, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको . वित्तीय विवरण प्रकाशित गरेको छ।

सो अवधिसम्ममा कम्पनीले ३ करोड ६८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २४ लाख १३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ७ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ। सो अवधिसम्ममा कम्पनीको कुल नाफा ७ करोड ५४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा ७ करोड १५ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात ११.९१ गुणा रहेको छ।

५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।

१ बर्ष अगाडि

प्रतिक्रिया