राष्ट्रपतिले बोलाइन् शीर्ष नेतालाई शीतल निवास,  पशुपति शर्माको गीतको चर्चा !

आइतबार, ०५ फागुन २०७५, २२ : २८

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । 

राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा प्रम तथा नेकपा अध्यक्ष ओली र प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता देउवा शीतल निवास पुगेका हुन् । 
सो भेटमा काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार पनि सहभागि भएको बताइएको छ । 

स्रोतका अनुसार भेटमा हालै सार्वजनिक भएको पशुपति शर्माको ल्ट्न सके लुट कान्छा बोलको गीतको समेत चर्चा भएको थियो । सो गीत विवादमा तानिएपछि शर्माले शनिबार आफ्नो यूट्यूवबाट हटाएका थिए । 
यद्यपी अहिलेपनि सो गीतका बारेमा तीब्र प्रतिक्रिया आइरहेका छन् । आजमात्रै कलारकार संघले शर्मालाई सो गीत पुन अपलोड गर्न आग्रह गरेको छ । 
कतिपयले सरकारकै दवावमा शर्माले सो गीत यूट्युवबाट हटाएको आरोप लगाउँदै आएकाछन् । 
 

आइतबार, ०५ फागुन २०७५, २२ : २८

प्रतिक्रिया