सहसचिव समायोजन आजदेखि

सोमबार, ०६ फागुन २०७५, ०७ : ५८

काठमाडौँ — स्वास्थ्यसेवाका एघारौं तहका कर्मचारीसहितका सहसचिवले सोमबारदेखि समायोजन पत्र पाउने भएका छन् । सरकारले ६६२ सहसचिवको समायोजन गर्ने निर्णय लिएको थियो । तीमध्ये प्राविधिक १ सय २ सहसचिवको प्रदेश र प्रदेशअन्तर्गतका कार्यालयमा समायोजन गरिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 
५६ सचिव (विशिष्ट श्रेणी) ले माघमै समायोजन पत्र पाइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए ।
 

सोमबार, ०६ फागुन २०७५, ०७ : ५८

प्रतिक्रिया