सानिमा लाइफ र समीट लघुवित्तको शेयर कारोबार फुकुवा, बिहीबारदेखि कारोबारमा

१ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज थप दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । 

नेप्सेले आजदेखि सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

नेप्सेले यी दुवै कम्पनी छुट्टाछुट्टै कम्पनीसँग मर्जरमा जाने सम्झौता गरेसँगै यी दुवै कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो ।

 नेप्सेले मंसिर २१ गतेदेखि यी दुवै कम्पनीको आधारभूत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरिदिएको हो । सोअनुसार भोलिदेखि नै अब यी दुई कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया