काठमाडौँ / सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार ५ औँ वार्षिक साधारण सभा माघ १५ गते, अलफ्ट ठमेल, काठमांडौमा अपराह्न्न ५ बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
सभाले प्रिमियम मूल्यमा साधारण सेयर(आईपीओ) निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
प्रतिक्रिया