यूएईमामाथि नेपालको सानदार जित

शुक्रबार, १० फागुन २०७५, ११ : ०४

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले यूएईमाथि सानदार जित हासिल गरेको छ । 

नेपालले आज भएको खेलमा यूएईमाथि ७ विकेटको शानदार जित हासिल गरेको हो ।

यूएईले प्रस्तुत गरेको ४२ रनको लक्ष्यमा नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टाएको हो  । 

नेपालका लागि ओपनर काजल श्रेष्ठले १५, कप्तान रुविना क्षेत्री वेलवासे १८ र सिता राना मगरले ६ रन बनाएका थिए । युएईका ईशा ओझाले दुई विकेट लिइन् ।

तेथई क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले १७.३ ओभरका सबै विकेट गुमाएर ४१ रन मा समेटिएको थियो  ।

शुक्रबार, १० फागुन २०७५, ११ : ०४

प्रतिक्रिया