प्रभु बैंकमा नयाँ सञ्चालक समिति गठन

मंगलबार, २६ पुस २०७९, १७ : १६

काठमाण्डौँ - सेञ्चुरी बैंकलाई गाभेर आजबाट एकीकृत कारोबार सुरु गरेको प्रभु बैंकको नयाँ सञ्चालक समिति गठन गरिएको छ। 

आज आयोजित एकीकृत शुभारम्भ कार्यक्रममा लीलाप्रकाश सिटौलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरिएको जानकारी दिइएको हो। 

नवगठित सञ्चालक समितिका सञ्चालकहरुमा रमेश सिंह खड्का, मनबहादुर राई, शंकरप्रसाद कालीकोटे, गीता प्रधान, रामेश्वर सापकोटा र अभिषेक बज्राचार्य छन्। 

सञ्चालकमा प्रभु बैंकका तर्फबाट सिटौला, खड्का र कालीकोटे छन् भने साबिक सेञ्चुरी बैंकका तर्फबाट राई, प्रधान र बज्राचार्य छन्। 

 

मंगलबार, २६ पुस २०७९, १७ : १६

प्रतिक्रिया