काठमाडौँ- महालक्ष्मी विकास बैंकले पर्साको वीरगन्जस्थित श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत छात्र जीवन राजवंशीलाई ‘हिरा गिरी जेहेन्दार छात्रवृत्ति’ प्रदान गरेको छ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व। हिरा गिरीको स्मृतिमा स्थापित ‘हिरा गिरी जेहेन्दार छात्रवृत्ती’ बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीका अभिभावक भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन्। अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले रु। ५० हजारबराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।
प्रतिक्रिया