गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनील पौषमा साधारण सभा नगर्ने

बुधबार, २७ पुस २०७९, १२ : २३

काठमाडौँ-  गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडले पौषमा  साधारण सभा गर्न नसक्ने जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  मार्फत्  गराएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७८र७९ को वार्षिक वित्तीय विवरणहरुसहित वार्षिक साधारण सभा गर्न स्वीकृतीका लागि नियमानुसार नेपाल राष्ट्र बैंकमा पेश भएकोमा राष्ट्र बैंकबाट पौष २२ गते मात्रै स्वीकृती प्राप्त भएको हुँदा कम्पनीको वार्षिक साधारण सभा पौष मसान्तसम्ममा सम्पन्न गर्न नसकिने सूचनामा उल्लेख छ । 

बुधबार, २७ पुस २०७९, १२ : २३

प्रतिक्रिया