काठमाडौँ- हिमालयन बैङ्क लिमिटेडले विभिन्न शाखाहरूमा क्यास रिसाइकलर मेशिन संचालनमा ल्याएको छ ।
बैंकले आफ्ना ग्राहकहरूको सहजता र सुबिधालाई मध्य नजर गर्दै यस्तो सुविधा दिएको जनाएको छ ।
हाल बंैकले सातवटा क्यास रिसाइकल मेशिन बंैकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी छ ।
यस क्यास रिसाइकल मेशिन बाट सेवाग्राहीहरूले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटियम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ ।
प्रेस तथा जन सम्पर्क अधिकृत शितल कोइरालाका अनुसार मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरून्तै कारोबार गर्न सक्नेछन् ।
हिमालयन बैङ्कको यस सुबिधाले बंैकका ग्राहकहरूलाई बंैकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बंैकको विश्वास छ ।
बैङ्कले नेपालभर कुल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटियम र ६,००० भन्दा बढी पोज टर्मिनल बाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया