काठमाडौँ- नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएको छ ।
संस्थाको आर्थिक वर्ष २०७८र७९ को वार्षिक वित्तीय विवरणहरुसहित वार्षिक साधारण सभा गर्न स्वीकृतीका लागि नियमानुसार नेपाल राष्ट्र बैंकमा पेश भएकोमा राष्ट्र बैंकबाट पौष २१ गते मात्रै स्वीकृती प्राप्त भएको हुँदा संस्थाको वार्षिक साधारण सभा पौष मसान्तसम्ममा सम्पन्न गर्न नसकिने सूचनामा उल्लेख छ ।
संस्थाले आर्थिक वर्ष २०७८र०७९ को वार्षिक साधारण सभा चैत्र मसान्तसम्ममा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया